केन्द्र स्तरीय

सहकारी संस्थासँग भएको कर्जा संझौता बमोजिमको रकमलाई पहिलो किस्तामा ५०  प्रतिशत र  दोश्रो किस्तामा ५०  प्रतिशत  प्रवाह गर्ने व्यवस्था गरिएको छ । प्रथम किस्ता लिनु पूर्व र  लिई सकेपछि संस्थाले कोषको उद्देश्य बमोजिम लगानी गरे नगरेको कोषको सचिवालयबाट खटिएका अधिकारीले स्थलगत अनुगमन गर्ने र सदुपयोग गरेको भए मात्र दोश्रो किस्ता उपलब्ध गराउने साथै दुवै किस्ता सदुपयोग गरेको सस्थासँग मात्र थप कर्जाको सम्झौता गरिने भएकोले कोषसँग दीर्घकालिन साझेदारीको लागि पनि कर्जा सदुपयोग गर्नुपर्ने हुन्छ । कुनै एक किस्ता सदुपयोग नगर्ने बित्तिकै अर्काे किस्ता लगानी नगरिने भएकोले ठूलो रकम दुरुपयोग हुन पाउदैन । जसबाट कर्जा जोखिममा कम भएको छ । 

अनलाईन सेवाहरू

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।