ब्याज अनुदान
कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई वार्षिक ५.५% भन्दा नबढ्ने गरी कर्जा लगानी गर्नेछ । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले कोषको उदेश्य अनुसार व्यक्तिहरुलाई वार्षिक ८% भन्दा नबढ्ने गरी लगानी गर्नेछन् । बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीको बीच भएको सम्झौता अनुसार कर्जाग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि मात्र बुझाएको ब्याजको साठी (६०) प्रतिशतले हुन आउने रकम कोषले सम्बन्धित ऋणीलाई अनुदान स्वरुप उपलब्ध गराउनेछ ।