युवा स्वरोजगार कर्जा लिएर व्यवसायीहरुलको जीवन बिमा तथा स्वरोजगार कर्जाबाट सञ्चालित परियोजनाको एकमुष्ठ बीमा हुनेछ । बीमा गर्दा लाग्ने प्रिमियम वापतको खर्च युवा स्वरोजगार कोष मार्फत नेपाल सरकारले भुक्तानी गर्नेछ ।
बीमा गर्दा कोषले उपलब्ध गराएको बीमा प्रस्ताव फाराम तथा यलष्लिभ फाराम लगानी गर्ने संस्थाले पूर्ण रुपमा भर्नु पर्नेछ ।
बीमा भएको व्यवसायीको बीमा अवधिमा मृत्यु भएमा तथा परियोजना क्षती भएमा बीमा समितले नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने छ । जसका लागि घटना घटेपछि तोकिएको समयमै बीमा कम्पनीमा लिखित जानकारी गराइ आवश्यक कागजातहरु पेश गर्नुपर्ने छ।