प्रशासकीय कार्यविधि (नियमित गर्नें) ऐन २०१३ को नियम २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०६५ जारी गरी कोषको स्थापना गरेको हो । कोष हाल युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७७ बमोजिम संचालनमा रहेको छ ।उघमी बन्नको लागी थोरै रकम समेत जुटाउन नसक्ने, धितो नभएको कारण बैक, बित्तीय संस्थाबाट कर्जा नपाउने, व्यापार व्यवसायको शुरुवात गर्न व्यक्तिगत रुपमा चक्रवर्ती व्याज (मिटर ब्याज) मा कर्जा लिन बाध्य भईरहेका युवाहरुलाई विनाधितो सुलभ कर्जा प्रदान, व्यवसाय र व्यवसायीको निशुल्क बीमा, व्यवसायिक तालिम र नियमित रकम तिर्ने उघमीलाई ६०% ब्याज रकम फिर्ता गर्ने जस्ता धेरै सेवाहरु एउटै निकायबाट लक्षित युवा वर्गले प्राप्त गर्न सकुन भनेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापना गरिएको हो ।कोषलाई ऋण लगानीको लागी बीजपूंजीको रुपमा नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट रकम प्राप्त हुन्छ भने अन्य कार्यक्रम तथा दैनिक प्रशासनिक खर्च नेपाल सरकारबाट नियमित प्राप्त हुने व्यवस्था छ ।