राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२
प्रशासकीय कार्यविधि (नियमित गर्नें) ऐन २०१३ को नियम २ ले दिएको अधिकार प्रयोग गरी
नेपाल सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०६५ जारी
गरी कोषको स्थापना गरेको हो । कोष हाल युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन
नियमावली, २०७७ बमोजिम संचालनमा रहेको छ ।
उघमी बन्नको लागी थोरै रकम समेत जुटाउन नसक्ने, धितो नभएको कारण बैक, बित्तीय
संस्थाबाट कर्जा नपाउने, व्यापार व्यवसायको शुरुवात गर्न व्यक्तिगत रुपमा चक्रवर्ती व्याज (
मिटर ब्याज) मा कर्जा लिन बाध्य भईरहेका युवाहरुलाई विनाधितो सुलभ कर्जा प्रदान, व्यवसाय
र व्यवसायीको निशुल्क बीमा, व्यवसायिक तालिम र नियमित रकम तिर्ने उघमीलाई ६०% ब्याज
रकम फिर्ता गर्ने जस्ता धेरै सेवाहरु एउटै निकायबाट लक्षित युवा वर्गले प्राप्त गर्न सकुन भनेर
युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापना गरिएको हो ।
कोषलाई ऋण लगानीको लागी बीजपूंजीको रुपमा नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय
संस्थाहरुबाट रकम प्राप्त हुन्छ भने अन्य कार्यक्रम तथा दैनिक प्रशासनिक खर्च नेपाल सरकारबाट
नियमित प्राप्त हुने व्यवस्था छ ।