logo/Nepal-flag_qr4ar0j.gif

महत्त्वपूर्ण सूचना

logo/Nepal-flag_qr4ar0j.gif

वि.सं:

नेपाल संवत: ११४५ वछलागा द्वादशी - २७

लक्ष्य र दृष्टि

देशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन आउन सकेको छैन । आम जनतामा आर्थिक परिबर्तनको समेत आकांक्षा बढेको तर आर्थिक योजना र कार्यक्रम अनुसार वित्तीय पहुँचको अभावमा दैनिक श्रमबजारमा आउने युवाहरु विदेश पलायन हुनपर्ने बाध्यकारी अवस्थालाई कम गर्दै आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्धन्द्ध पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं वेरोजगार युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा प्रति व्यक्ति रु. दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा बृद्घि गरी जीविकोपार्जनलाई सहज बनाउनु मूख्य उद्देश्य रहेको छ ।
समाजका सिमान्तकृत बर्गलाई पहिलो प्राथमिकतामा राखि स्वरोजगार बन्ने अवसर सृजना गर्न सुलभ कर्जा उपलब्ध गराउने, तालिम दिने तथा बजार श्रंखला÷संजालमा समाबेश गराउने लगायतका समष्ठीगत उद्देश्य निर्धारणका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तपसिलका उद्देश्यहरु प्राप्तीका लागि निरन्तर लागिरहेको छ ।
क) व्यवसायिक खेती तथा पशु, पंक्षी पालन, कृषि, वनजन्य तथा खानी उद्योग र बहुमूल्य पत्थर उद्योग लगायतका विषयमा तालिम प्रदान गर्ने,
ख) शहर र बजार क्षेत्रमा रिक्सा, ठेलागाडा सेवा संचालन तथा प्लम्विङ्ग सेवा र इलेक्ट्रोनिक्स सामानको मर्मत सम्भार जस्ता साना तथा घरेलु व्यवसाय एवम् पसल सञ्चालन लगायतका सेवामूलक स्वरोजगार कार्यक्रमको लागि ऋण उपलब्ध गराउने,
ग) परम्परागत सीप भएका सार्की, दमाई, धिमाल, राजवंशी समेतलाई ऋण लगानी गर्ने,
घ) द्धन्द पिडीत, अपाङ्ग, वा घाइते व्यक्ति, वेपत्ता तथा शहिद परिवार, उत्पीडित जाति, जनजाति र क्षेत्र तथा महिलालाई ऋण लागनी गर्ने,
ङ) स्वरोजगार कार्यक्रम संचालन गर्न चाहने बेरोजगारहरुलई तालिम प्रदान गर्ने,
च) स्थानिय कच्चा पदार्थ र शीपमुलक परियोजना र जुन क्षेत्रमा उत्पादन हुने हो सोही क्षेत्रमा खपत हुने परियोजनालाई विशेष प्राथमिकता दिने सम्बन्धी कार्य गर्ने,
छ) एक गाँउ एक उत्पादन सम्बन्धी परियोजनामा लगानी गर्ने कार्य गर्ने,
ज) बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामार्फत युवा स्वरोजगार कार्यक्रममा लगानी गर्ने वातावरण बनाउन स्थानीयस्तरमा सहयोगी संस्थाहरुको संयन्त्र निर्माण गर्ने,
(झ) वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा कर्जा प्रवाह गर्ने ।