प्रकाशन

आम नागरिकले सुसूचित हुन पाउने संविधानप्रदत्त हकलाई समेत दृष्टिगत गरी कोषका कामकारबाहीलाई पारदर्शी बनाउने तथा सेवाग्राही र सरोकारवालाहरूमाझ परिचित गराउने लक्ष्यका साथ कोषले गरेका अनुसन्धान, अनुगमनलगायतका विभिन्न क्रियाकलापहरूसम्बन्धी अद्यावधिक जानकारीहरूलाई प्रकाशित गरिनेछ। कोषका विभिन्न अनुसन्धानमूलक, जानकारीमूलक र शिक्षामूलक सामग्रीलाई पाठकहरूसमक्ष इ…बुलेटिनलगायतका प्रकाशनहरूमार्फत् वेबसाइटबाट सार्वजनिक गरिनेछ।