स्यंसेवकहरुको दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न २०७६


युवा तथा साना व्यवसायी स्वरोजगार कोषका विभिन्न जिल्लामा कार्यरत ४२ जना (महिला ८ जना र पुरुष ३४ जना) स्वयंसेवकहरुको दुई दिने क्षमता अभिवृद्धि तालिम २०७६ फाल्गुन २३ गतेदखि २४ गतेसम्म आगन्तुक रिर्सोट, बनेपा, काभे्र, गोसाईथानमा सञ्चालन गरिएको थियो ।
कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमज्यू र बरिष्ट प्रशिक्षक डा.मदन बिष्टज्यूबाट संयुक्त रुपमा बिरुवामा पानी हालेर तालिमको सुभारम्भ भयो । कोषका तालिम शााखा प्रमुख नर बहादुर साउँदज्यूले सञ्चालन गरेको कार्यक्रममा कोषका अनुगमन शाखा प्रमुख नारायणदत्त देवकोटाज्यू, प्रशिक्षकज्यू र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यूले सार्बजनिक सेवा, कार्यालय व्यवस्थापन र नैतिक आचरणको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी वित्त व्यवस्थापन र प्रतिबेदन सम्बन्धमा महालेखा नियन्त्रक श्री गोपीनाथ मैनालीज्यूले प्रकाश पार्नु भयो । कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमज्यूले कोषका संभावना र चुनौंतीहरुको बारेमा प्रष्ट पार्नूका साथै कोषबाट बैक÷बित्तीय संस्था÷सहकारी संस्थाहरुमार्फत भईरहेको नियमित कर्जा लगानी, अनुगमन, असुली प्रक्रियामा स्वयंसेवकहरुको भूमिका, कर्तब्य र दायित्व विषयमा प्रकाश पार्नु भयो । सकारात्मक सोच र उत्प्रेरणा तथा तनाव र समय व्यवस्थापनको वारेमा बरिष्ट प्रशिक्षक डा. मदन बिष्टज्यूले जानकारी दिदै अभ्यास समेत गराउनु भयो । त्यसैगरी लेखापरीक्षण र बेरुजु सम्परिक्षणको सम्बन्धमा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक श्री दामोदर पुडासैनीज्यूले अभ्यास सहित प्रकाश पार्नुभयो । कर्जाग्राहीहरुलाई प्रदान गरिने अभिमुखीकरण तालिम सञ्चालन बिधि र अभ्यासका सम्बन्धमा कोषका तालिम शाखा प्रमुख श्री नरबहादुर साउँदज्यूले प्रशिक्षण सहित अभ्यास गराउने काम गर्नु भयो ।
मिति २०७६ फाल्गुन २४ गते अर्थात् तालिम समापनमा कोषका कार्यकारी निर्देशकज्यूले कोषको नियमित कर्जा लगानी, असुली, अनुगमन, तालिम, बिमा तथा युवाहरुलाई स्वरोजगार बनाउने गरी जिल्लास्तरबाट समेत बिशेष सक्रिय हुन निर्देशन दिनुभयो । कोषका संभावनालाई पहिचान गर्ने, कार्यक्रमहरु कार्यान्वयन गर्ने, तालिम प्रदान गर्ने, वीमा दावी गर्ने, तथा अनुगमन र असूली गर्ने जस्ता कार्यमा तालिम उपयोगी र व्याबहारिक हुने कुरामा सहभागीहरुबाट समेत प्रतिबद्धता ब्यक्त भयो ।
........................
(नर बहादुर साउँद)
शाखा प्रमुख तालिम